शुक्रबार, भदौ ५, २०८३

गृहमन्त्री खाँड किन धाइरहेछन् मन्दिर?

नेपाली कांग्रेस १४ औं महाधिवेशनमा होमिएको बेला पार्टीभित्र हिन्दु धर्मको मुद्दा निर्णायक हुनसक्ने आँकलनहरु भइरहेका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं– नेपाली कांग्रेस १४ औं महाधिवेशनमा होमिएको बेला पार्टीभित्र हिन्दु धर्मको मुद्दा निर्णायक हुनसक्ने आँकलनहरु भइरहेका छन्। हिन्दू धर्मको पक्षमा वकालत गर्ने र यस मुद्दालाई महाधिवेशनको एजेण्डा बनाउनका लागि विभिन्न नेताहरुले आफ्नो अभिव्यक्ति नदिए पनि उनीहरुका गतिविधि त्यसतर्फ लक्षित भएको प्रष्ट हुन्छ।

कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीले एउटा निश्चित वैचारिक राजमार्ग समात्ने अपेक्षा गरिएको छ। 'धर्मनिरपेक्षता कम्युनिस्ट एजेन्डा हो, कांग्रेस फसेको छु भन्ने अभिव्यक्ति कांग्रेसकै नेताहरुले दिने गरेका छन्। कांग्रेसभित्रका केही पदाधिकारीहरु हिन्दू धर्मको एजेण्डाप्रति खुला रुपमा आशक्त पनि देखिएका छन्। यद्यपि दलले भने गणतन्त्रपछि यसबारे कुनै औपचारिक बहस र निर्णय गरेको छैन। कांग्रेस पदाधिकारी खुलेर हिन्दू राष्ट्रको पक्षमा देखिन्छन्।

धर्मनिरपेक्षतामा राय प्रकट गर्न कांग्रेस शीर्ष नेताहरू भने तर्किन्छन्। बहुमत नेपाली हिन्दूधर्म पक्षधर भएकाले राजनीतिकर्मीलाई 'भोट बैंक'को राजनीतिमा ‘पपुलिस्ट’ धारको उल्टो हिँड्न सहज नभएका कारण शीर्ष नेताहरु तर्किएका छन्। अभिव्यक्ति दिन र धर्मनिरपेक्षता अथवा हिन्दु धर्मको विषयमा वकालत गर्न तर्किए पनि उनीहरुका गतिविधि भने त्यसतर्फ लक्षित भएको प्रष्टै हुन्छ। 

पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाँडको हिन्दु मन्दिर दर्शन गर्ने क्रम अलि बाक्लिएको छ। प्रत्यक्ष निर्वाचनमा सहभागी नभइ समानुपातिक कोटाबाट सांसद् भएर पार्टीको प्रमुख सचेतक हुँदै गृहमन्त्री बनेका खाँड पछिल्लो १५ दिनको अवधिमा दुई पटक पशुपति दर्शन गर्न पुगेका छन्। गृहमन्त्रीले पशुपति दर्शन गर्नु हुँदैन भन्ने अर्थ होइन। तर, विगत लामो समय नगएका उनी पार्टीको महाधिवेशन र अन्य निर्वाचनको तयारी भइरहेको समयमा उनको मन्दिर दर्शनको क्रम बढ्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ। 

गृहमन्त्री खाँड असोज २८ गते महानवमीको दिन सपरिवार पशुपति दर्शनमा गएका थिए। सपरिवारले पशुपति दर्शन गरेको तस्बिर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री खाँडले लेखेका छन्, 'आराध्य देव पशुपतिनाथ दर्शन। पशुपतिनाथले हामी सबैको रक्षा गरून्।'

पशुपतिनाथ मन्दिर दर्शनका क्रममा खाँड

त्यसैगरि  कात्तिक १३ गते उनी दोस्रो पटक पशुपतिनाथ पुगे। कात्तिक १३ गते पनि उनी श्रीमति मञ्जु खाँडसहित पशुपति दर्शन गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्। उनले लेखेका छन्, 'मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि आराध्य देव पशुपतिनाथसँग कामना।'

त्यसको दुई दिनपछि कात्तिक १५ गते उनी बूढानिलकण्ठस्थित श्री कृष्ण मन्दिर पुगेर पूजा आरधना गरेका छन्। उनले त्यहाँ विशेष १०८ तुलसी पत्र अर्पण, एवम् कार्तिक महिनाको पहिलो एकादशीको दीपदान अर्पण गरेका छन्। उनले उक्त मन्दिर दर्शनको तस्बिर पोस्ट गर्दै लेखेका छन्, 'भगवान श्री कृष्णको प्रिय महिना अर्थात् दामोदर एकादशीको दिन बुढानिलकन्ठस्थित श्री कृष्ण मन्दिरमा  पूजाआरती तथा भजनकिर्तनमा सहभागी हुँदै।'

धर्मनिरपेक्षतामा राय प्रकट गर्न कांग्रेस शीर्ष नेताहरू भने तर्किन्छन्। बहुमत नेपाली हिन्दूधर्म पक्षधर भएकाले राजनीतिकर्मीलाई 'भोट बैंक'को राजनीतिमा ‘पपुलिस्ट’ धारको उल्टो हिँड्न सहज नभएका कारण शीर्ष नेताहरु तर्किएका छन्।

‘राजनीति भन्दा पनि धर्मप्रतिको आस्थाका कारण उहाँ मन्दिर जानुभएको हो’, गृहमन्त्री खाँड निकट एक नेताले भने, ‘यसलाई राजनीतिक मसला बनाउनु धेरै उपयुक्त हुन्छ भन्ने लाग्दैन।’ उनी निकट नेताले यस्तो प्रतिक्रिया दिए पनि एउटा शक्तिशाली मन्त्रीका रुपमा खाँडको मन्दिर यात्रालाई कांग्रेसभित्र आसन्न महाधिवेशनसँग जोडेर ‘गसिप’ भने बनाइएको छ।

यसरी पछिल्लो समय मन्दिर दर्शन गर्ने र हिन्दु धर्मप्रति जोड दिनेमा खाँड मात्र छैनन्। यसअघि सभापतिमा उम्मेदवारी घोषणा गर्दै विमलेन्द्र निधिले पनि पूजा गर्दै विभिन्न गुरुहरुको आर्शीवाद लिएका थिए। त्यसैगरी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दूत बनाएक पठाएका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली पनि भारत भ्रमणमा जाँदा पनि काशी पुगेको थियो। हिन्दु धर्मको वकालत गरिरहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर महत नेतृत्वको टोली काशी पुगेर विश्वनाथ मन्दिर दर्शन गरेका थिए। 

यी घटनाक्रमहरु हेर्दा कांग्रेस महाधिवेशन नजिकिएसँगै आफू हिन्दु धर्मको वकालतकर्ता हुन् भन्ने देखाउने प्रतिस्पर्धा नै चलिरहेको भन्दा फरक नपर्ला। नेपालमा हिन्दुवादी हुँदा भारतको पनि साथ पाइने अपेक्षामा नेताहरुले आफूलाई बढी हिन्दुप्रतिको झुकाव रहेको देखाउन यस्ता गतिविधिहरु गर्ने गरेका छन्।

प्रकाशित: Nov 02, 2021| 16:55 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...