काठमाडौं- पाँच पटकको विश्वविजेता ब्राजिलले मेक्सिको विरुद्ध दोस्रो हाफमा अग्रता लिएको छ ।
खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन । विलीयनको पासलाई सहि सदुपयोग गर्दै नेयमारले गोल गरेका थिए ।
शुरुवाती देखिनै दुबै टोलीले आक्रमक रुपमा खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकका थिएनन्।
ब्राजिलले पहिलो हाफका दौरान केहि अबसर जुराएका थिए । तर, मेक्सिकोका गोलरक्षक गुल्लेर्मो ओचवाले उत्कृष्ट बचाउ गर्दा ब्राजिलको प्रयास असफल पारिदिए ।
पहिलो हाफमा रेफ्रिले दुई पहेलो कार्डको प्रयोग गरेका छन् । उनले मेक्सिकोका खेलाडी अल्भारेज विरुद्ध ४० औं मिनेटमा पहेलो कार्ड प्रयोग गरेका थिए भने दोस्रो पहेलो कार्ड ब्राजिलका फिलिपे लुईस विरुद्ध प्रयोग गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४