शनिबार, चैत ७, २०८२

कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो, डब्लुएचओ भन्छ– करोडभन्दा बढी हुनसक्छ

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ।

National life

जोन हप्किन्स विश्वविद्यालयका अनुसार भ्याक्सिनका कारण मृत्युदर धीमा भएको छ। तर,  जानकारहरु भन्छन्– मृत्युको यो तथ्यांक अझै बढी हुन सक्छ। विश्व स्वास्थ्य संगठनले पनि मृतकको संख्या आधिकारिक रुपमा सार्वजनिक भएको भन्दा दुईदेखि तीन गुणा बढी हुन सक्छ। अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २५ करोड नाघेको छ।

कोरोनबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। त्यहाँ अहिलेसम्म ७ लाख ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। दोस्रोमा ब्राजिल छ, जहाँ ६ लाख ७ हजारभन्दा बढीको मृत्यु भएको छ। 

अहिले कोरोनाविरुद्ध थुप्रै भ्याक्सिनको विकास भइसकेको छ र करोडौं मानिसले भ्याक्सिन लगाइसकेका पनि छन्। तर पनि महामारी अझै खतम नभएको र जोखिम बाँकी नै रहेको डब्लुएचओले बताएको छ।

प्रकाशित: Nov 02, 2021| 12:19 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्