सोमबार, फागुन १८, २०८२

बाजुरामा करेन्ट लागेर दुई घोडा मरे

बाजुरामा करेन्ट लागेर दुई घोडा मरेका छन्। जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा करेन्ट लागेर घोडा मरेका हुन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

धनगढी– बाजुरामा करेन्ट लागेर दुई घोडा मरेका छन्। जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा करेन्ट लागेर घोडा मरेका हुन्।

बालुवा बोकेर बडीमालिका नगरपालिका–२ मैमातोलाबाट आउने क्रममा घट्मुना बजारको जिप पार्किङ गर्ने ठाउँमा करेन्ट लागेर घोडा मरेको प्रहरीले जनाएको छ। 

सिमधारा लघु जलविद्युत आयोजनाको विद्युत लाइन रहेको सो ठाउँमा विद्युतको पोल सपोर्टका लागि दिइएको तारमा विद्युत् चुहावट भइ करेन्ट लागेर घोडा मरेको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ। 

गौमुल गाउँपालिका–६ सटेडाका जगत रोकायाको घोडा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 25, 2021| 13:11 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।