शनिबार, जेठ २, २०८३

तिहारमा उपत्यका बाहिर जानेलाई कोभिडविरुद्धको खोप लगाइने

पत्यकाबाट बाहिरीने चार प्रमुख नाकाहरुमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

National life

काठमाडौं- सरकारले तिहारमा उपत्यका बाहिर जानेहरुका लागि कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेको छ। उपत्यकाबाट बाहिरीने चार प्रमुख नाकाहरुमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 

कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक र कलंकी चोकमा खोप लगाउन सुरु गरिएको हो। उनले भने, ‘मंगलबार र बुधबार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइनेछ। पहिलो मात्राको खोप नलगाएकालाई पहिलो मात्रा र पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउने समय पुगेकालाई दोस्रो मात्रा खोप लगाइनेछ।’

दोस्रो खोपका लागि पहिलो मात्रा खोप लगाइसकेको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ। यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइने उनले बताए।

प्रकाशित: Nov 02, 2021| 10:03 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्