शनिबार, साउन १६, २०८३

नन् कोभिड सेवा सञ्चालन गर्न कोभिड अस्तपाललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नन् कोभिड सेवा संचालन गर्न सबै कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नन् कोभिड सेवा संचालन गर्न सबै कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ। कोरोना संक्रमण कम भएको भन्दै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नियमित सेवा सुचारू गर्न निर्देशन दिएका हुन्। 

समुदाय र अस्पतालमा कोरोना संक्रमित विरामीको संख्या न्यून भएकाले सोमबार सचिवस्तरीय निर्णय गर्दै सो निर्णय गरिएको अधिकारीले बताए।

कोभिड र नन्कोभिडका बिरामीको उपचार व्यवस्थापन छुट्टाछुट्टै इकाईमार्फत गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: Nov 02, 2021| 09:46 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्