शुक्रबार, भदौ ५, २०८३

भोजपुरले दोश्रो मुख्यमन्त्री पाउँदै

प्रदेश १ को मुख्यमन्त्री पुन : भोजपुरले पाउने भएको छ। भोजपुरका राजेन्द्र राई प्रदेश १ सरकारको तेश्रो मुख्यमन्त्री बन्दैछन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

विराटनगर- प्रदेश १ को मुख्यमन्त्री पुन : भोजपुरले पाउने भएको छ। भोजपुरका राजेन्द्र राई प्रदेश १ सरकारको तेश्रो मुख्यमन्त्री बन्दैछन्। 

तत्कालिन नेकपा एमालेबाट भोजपुर निर्वाचन क्षेत्र नं १ (१) बाट राई निर्वाचित भएका थिए। गत भदौमा नेकपा एमाले विभाजन भएपछि एकीकृत समाजवादी रोजेका राई गठबन्धन दलबाट मुख्यमन्त्री बन्न लागेका हुन्। २०७४ फागुनमा भोजपुरका शेरधन राई पहिलो मुख्यमन्त्री भएका थिए। 

को हुन राई?

४१ बर्षीय राई एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको पुर्व अध्यक्ष हुन। उनी ०५६ मा अखिलको अध्यक्ष भएका थिए। भोजपुरको षडानन्द नगरपालिका १० का उनी विद्यालय तहबाटै राजनीतिमा लागेका हुन। 

प्रारम्भिक कमिटीको सचिव हुँदै केन्द्रीय अध्यक्ष सम्म भएका उनी विद्यार्थी संगठनमा रहेर २० वर्ष राजनीति गरे। रत्नराज्य क्याम्पस काठमाण्डौंको स्ववियु सभापति समेत बने।

विद्यार्थी संगठन छाडेर उनले काठमाण्डौं जिल्ला कमिटीबाट पार्टी राजनीति सुरू गरे। एमालेको आठौं महाधिवेशन र नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका राई पार्टी विभाजन पछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवको भूमिकामा छन्। 

माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमा राजनीतिक सल्लाहकार भएका उनी हालै समाजवादी संसदीय दलको नेता चुनिएका थिए। 

पञ्चायत विरुद्ध लागेको भन्दै राई ७ महिना  जेल परे। राई तत्कालिन राजा ज्ञानेन्द्र शाह विरुद्धको आन्दोलनमा ४ महिना बन्दी हुन पुगे। २०६० मा माओवादीले अपहरण गरेर एक साता राखेको थियो। 

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका राईका ‘विचारको खेती’ र ‘आयु’ नामक दुई पुस्तक प्रकाशित छन्।

प्रकाशित: Nov 02, 2021| 07:39 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...