शुक्रबार, भदौ ५, २०८३

समाजवादीका राई आज मुख्यमन्त्री बन्दै

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मंगलबार प्रदेश १ को तेश्रो मुख्यमन्त्री बन्दै छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

विराटनगर- नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मंगलबार प्रदेश १ को तेश्रो मुख्यमन्त्री बन्दै छन्। 

प्रदेश सरकारमा अल्पमतमा परेपछि एमालेका भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।  उनले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार दिउँसो १ बजे सम्ममा नयाँ सरकार गठनका लागि दावी पेश गर्न समय दिएका थिए।

प्रदेश प्रमुख अधिकारीबाट नयाँ सरकारका लागि आह्वान भएलगत्तै विपक्षी गठबन्धनले ४९ सांसदको हस्ताक्षर सहित समाजवादीका राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै दावी पेश गरेको थियो। 

प्रदेश प्रमुख अधिकारीले मंगलबार २ वजे मुख्यमन्त्रीको सपथ ग्रहणको समय तय गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै राईले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन्। 

हालका ६ मन्त्रालयलाई विभाजन गरेर मन्त्रालयको संख्या बढाईने भएको छ। मन्त्रालयको संख्या बढाउनुको विकल्प नभएको गठबन्धन दलका नेताहरुले बताएका छन्। गठबन्धन दलहरुको बैठक विहान ९ वजे बस्दै छ। बैठकले सरकारमा सहभागी मन्त्रीहरुको नाम र मन्त्रालय तय गर्ने बताईएको छ।

प्रकाशित: Nov 02, 2021| 07:01 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...