शुक्रबार, भदौ ५, २०८३

ओली र प्रभु साहबीच कुरा मिल्यो

माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु साहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु साहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन्। 

माओवादी परित्याग गरेर आए पनि उचित व्यवस्थापन गर्न नसकेको भन्दै साह अध्यक्ष ओलीसँग असन्तुष्ट थिए। गत विधान महाधिवेशनमा समेत सहभागी नभएका साह हालै अध्यक्ष ओलीसँगको छलफलपछि कार्यक्रममा देखिएका हुन्। 

सोमबार चितवनको भरतपुरमा आयोजित भरतपुर महानगरको प्रथम अधिवेशनलाई साहले सम्बोधन गरेका हुन्। अध्यक्ष ओलीसहित सहभागी सो कार्यक्रममा सम्बोधन गरेर एमालेभित्र देखिएको असन्तुष्टि समाधान भएको सन्देश दिएका छन्।

साहनिकट दुई नेतालाई अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

प्रकाशित: Nov 01, 2021| 21:14 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...