बुधबार, चैत ११, २०८२

इतिहास रच्ला त जापानले ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- एसियाली राष्ट्र जापान रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्र हो । जापानले क्वार्टरफाइनल पुग्ने लक्ष्यलाई जीवित राख्दै सोमबार राति उपाधिको दावेदार मानिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । खेल रोस्टोभ अन डनमा राति पौने १२ बजेपछि शुरु हुनेछ । 

इतिहासलाई हेर्ने हो भने बेल्जियममाथि जापान हावी छ । यी दुई टिम पाँचपटक आमने समाने हुदा जापानले दुई खेलमा जित हात पार्दा दुई बराबरी र एक हारको नतिजा बेहोरेको छ । त्यसैल बेल्जियम बदला लिने योजनामा रहँदा जापान आफ्नो पुरानो प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ । यी दुई टिमले २००२ को विश्वकपमा २–२ गोलको बराबरी खेलेको थियो । २०१७ को मैत्रीपूर्ण खेलमा बेल्जियम १–० ले विजयी भएको थियो ।

जापान समूह ‘एच’ बाट फेयर प्लेमार्फत सेनेगललाई पछि पार्दै अन्तिम १६ मा पुग्न सफल टोली हो । लगातार छैटौंपटक विश्वकप खेलिरहेको जापानको २००२ र २०१० को विश्वकपमा अन्तिम १६ मा पुग्नु नै ठुलो सफलता हो । त्यसैले जापान अन्तिम १६ भन्दा अघि बढ्दै जापानी फुटबलमा ऐतिहासिक नाम लेखाउने योजनामा हुनेछ । 

कोलम्वियाविरुद्ध रक्षात्मक रणनीतिमा खेलेर जित हात पारेको जापानले पोल्यान्डविरुद्धको खेलमा आक्रमक रणनीति अपनाउदा पराजित हुन पुगेको थियो । 

सेनेगलविरुद्धको खेलमा रक्षात्मक रणनीति अपनाएर खेल्दा खेलमा दुई पटक पछि परेको स्थितिमा पनि बराबरी गर्न सफल भएको थियो । त्यसैले प्रशिक्षक निसिनोले यही रणनीति बेल्जियमविरुद्ध अपनाउने देखिन्छ ।

यता, स्टार खेलाडीहरुले भरिएको बेल्जियम जापानलाई सहजै पराजित गर्दै क्वार्टरफाइनलमा पुग्ने योजनामा रहनेछ । २२ खेलसम्म अपराजित रहेको बेल्जियम यही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले जापानविरुद्धको खेलमा बल पोजिसन आफ्नो पकडमा राख्दै जापानलाई पराजित गर्ने योजना बुनेका छन् । मार्टिनेजको योजनामा रोमेलु लुकाकु, इडेन हजार्ड, केभिन डि ब्रुएन र थिवाउट कोर्टियसले साथ दिनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।