शनिबार, चैत ७, २०८२

५३३ जना संक्रमित थपिँदा ६६४ जना मुक्त, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। ११ हजार ६६४ जनाको नमुना परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार यस अवधिमा ४९० जना कोरोना मुक्त भएका छन्। यस्तै थप नौ जनाको मृत्यु भएको छ। आज सक्रिय संक्रमितको संख्या नौ हजार ३१८ छ। 

मन्त्रालयका अनुसार नेपालमा आजसम्म नौ लाख सात हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये सात लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ९७.७ प्रतिशत हो। यस्तै कोरोना संक्रमणबाट ११ हजार ४१६ जनाको मृत्यु भएको छ।


प्रकाशित: Nov 01, 2021| 17:20 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्