आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश-१ : राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ४९ सांसदको हस्ताक्षरसहित दाबी पेस

प्रदेश-१ : राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ४९ सांसदको हस्ताक्षरसहित दाबी पेस

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईलाई प्रस्ताव गर्दै ४९ जना सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई बुझाइएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

विराटनगर- प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईलाई प्रस्ताव गर्दै ४९ जना सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई बुझाइएको छ। 

National life

प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै नयाँ सरकार गठन गर्नका लागि दाबी पेस गरेको हो।

राईलाइ मुख्यमन्त्री बनाउने प्रस्तावमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन्।नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौंमा रहेका कारण उनको हस्ताक्षर छैन।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुखले मंगलबार १ बजेसम्म नयाँ सरकारको दावी पेस गर्न आह्वान गरेका थिए। राईले मुख्यमन्त्रीको सपथ मंगलबार लिएर सानो आकारको मन्त्रिपरिषद् पनि तत्काल गठन गर्ने तयारी गरेका छन्।

प्रकाशित: Nov 01, 2021| 17:07 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।