आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

५ महिनामा ढले एमालेका ५ सरकार

मुख्यमन्त्री बनेको ७१औं दिनमा शाक्य पदमुक्त भएकी थिइन भने आचार्य ६८औं दिनमा पदमुक्त हुन पुगे।
 |  सोमबार, कात्तिक १५, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, कात्तिक १५, २०७८

विराटनगर- पछिल्लो ५ महिनाको अवधिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ५ वटा सरकारको नेतृत्व गुमाएको छ। यो ५ महिने अवधिमा एमालेले सरकारको नेतृत्व गुमाएको मात्र होइन, सत्ताको केन्द्रबाट प्रतिपक्षको बेन्चमा सीमित भएको छ। 

triton college

गत वर्षको पुस ५ अघि केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा नेतृत्वमा केन्द्र सरकार र ६ वटा प्रदेश सरकार थिए। नेकपाका ७ वटा सरकारमध्ये केन्द्रसहित ५ वटा सरकारको नेतृत्वमा ओली पक्ष थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा हठात् प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै केन्द्र र प्रदेश सरकारको नेतृत्वबाट तत्कालीन ओली पक्ष (अहिलेको एमाले)को नेतृत्वमा रहेका सरकारहरू फटाफट ढल्न थाले। 

पछिल्लो निर्वाचनपछि पहिलो पटक गत जेठ २९ मा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्यो। गण्डकी गुमाएको ठिक एक महिनापछि एमालेले ओली नेतृत्वको केन्द्र सरकार पनि गुमायो। गण्डकीमा सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको करिब एक महिनापछि एमालेले लुम्बिनोको पनि सत्ता गुमायो। एमालेको विभाजन अघि नै केन्द्र सरकार र दुईवटा प्रदेश सरकार गुमाएको एमालेले गत भदौ ९ गते औपचारिक रूपमा पार्टी विभाजन भएपछि बागमती र प्रदेश १ को सरकार पनि गुमाएको छ। 

मुख्यमन्त्री बनेको ७१औं दिनमा शाक्य पदमुक्त भएकी थिइन भने आचार्य ६८औं दिनमा पदमुक्त हुन पुगे।

एमाले विभाजनअघि माधवकुमार नेपाल समूहमा रहेका अष्टलक्ष्मी शाक्यलाई बागमती र भीमप्रसाद आचार्यलाई प्रदेश १ मा नाटकीय ढंगले मुख्यमन्त्री बनाइएको थियो। यी दुवै नेतालाई नेपालले गठन गरेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा जानबाट रोक्नका लागि मुख्यमन्त्री बनाइएको थियो। बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो भने प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गर्न लगाएर आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो। 

मुख्यमन्त्री बनेको ७१औं दिनमा शाक्य पदमुक्त भएकी थिइन भने आचार्य ६८औं दिनमा पदमुक्त हुन पुगे। एमालेले प्रदेश सरकार गुमाएका बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका छन्। प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने लगभग निश्चित छ। दुवै मुख्यमन्त्री हुनेहरू एमालेबाटै विभाजित भएर गएका नेता हुन्। 

Metro Mart
vianet

सरकार ढल्नुको मुख्य दोषी ओली हुन् : नेकपा एस

एमाले नेतृत्वका सरकारहरू एकपछि अर्को गर्दै ढल्नुमा मुख्य दोषी केपी ओली भएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी बताउँछन्। नेतृत्वपङ्तिमा विचलन आएपछि पार्टीभित्र अन्तरविरोध शुरु भएको र त्यसलाई व्यवस्थापन गर्न ओली इमान्दार  नभएका कारण एमालेका सरकारहरू ढलेको उनले बताए। 

ओलीकै कारण जनताले दिएको दुई तिहाई मतप्राप्त संघीय सरकार पनि ढलेको रेग्मीको भनाइ छ। ‘ओलीले विश्वासको वातावरण कहिल्यै बनाएनन्,’ सामूहिक ढंगले चल्ने पार्टीलाई एकल ढंगले चलाउन खोज्ने, आफुबाहेक अरुलाई 'दास' सम्झने ओली प्रवृत्तिका कारण पार्टी एकताबद्ध हुन नसकेको बताएका रेग्मीले भने, ‘केपीको गैरकम्युनिस्ट चरित्रविरुद्ध नबोल्ने अन्य नेताहरु पनि मुख्यदोषी हुन्।’ 

 ओलीको दम्भ र स्वार्थका कारण पार्टीका लागि अहोरात्र लागेकाहरु सबैको सपना टुटेको उनको भनाइ छ।

पार्टी विभाजनपछि पनि ओलीमा अझै दम्भ कम नभएको उनको आरोप छ। पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरुलाई पनि ओलीले प्रयोग गर्न नसकेको रेग्मीले बताए। ‘१० बुँदे सहमति गर्नेहरुको उल्टै हुर्मत लिँदै हिँडेका छन्,’ ओलीकै कारण सरकारहरू ढलेको केन्द्रीय सदस्य रेग्मीको भनाइ छ।

ओली नेतृत्वको दुई तिहाई सरकारले राम्रो काम गरेको भए आगामी निर्वाचनमा भोट माग्नु पर्ने अवस्था नै आउने थिएन उनले भने। मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेको राम्रो कामकै कारण अहिले पनि एमालेलाई भोट आउने गरेको रेग्मीले बताए। ओलीको दम्भ र स्वार्थका कारण पार्टीका लागि अहोरात्र लागेकाहरु सबैको सपना टुटेको उनको भनाइ छ।  

प्रचण्ड र नेपालका कारण सरकार ढलेका हुन् : एमाले

नेकपा एमालेका केन्द्रीय सदस्य गुरु बरालले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका कारण सरकार ढलेको बताए। ‘ओलीलाई प्रधानमन्त्री बनाउने भनेर मत मागियो, मत पनि पाइयो र प्रधानमन्त्री पनि बनाइयो,’ एमाले नेता बरालले भने, 'तर प्रचण्ड र नेपालले घोखाधडी गरेकै कारण केन्द्र र प्रदेश सरकारहरु ढले।' 

एमालेले केन्द्र र प्रदेश सरकार गुमाए पनि जनताको अभिमत लिएर पुनः सरकारको नेतृत्व गर्ने उनको दावी छ। एमालेलाई ढालेर बनाइएका कुनैपनि सरकार चल्न नसकेको उनको दाबी छ। ‘गठजोडका सरकारहरु बनेका छन्, तर चलेका छैनन्,’ आगामी निर्वाचन नहुँदासम्म गठजोडको सरकारले केही काम गर्न नसक्ने आरोप लगाएका बरालले भने, ‘अध्यक्ष ओलीले 'अर्ली इलेक्सन' भनेको पनि यसैका लागि हो।’ 

प्रकाशित: Nov 01, 2021| 18:04 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...