शुक्रबार, भदौ ५, २०८३

प्रदेश–१ को मुख्यमन्त्री बन्दै राजेन्द्र राई

प्रदेश–१ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन्। भीमप्रसाद आचार्यले राजीनामा घोषणा गरेसँगै राईका लागि बाटो खुल्ने भएको हो।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

विराटनगर– प्रदेश–१ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन्। भीमप्रसाद आचार्यले राजीनामा घोषणा गरेसँगै राईका लागि बाटो खुल्ने भएको हो।

प्रदेशसभाको सोमबारको बैठकमा आफ्नो कार्यकालको प्रगति सुनाउँदै मुख्यमन्त्री आचार्यले राजीनामा दिने घोषणा गरेका हुन्। उनले भने, ‘पार्टी बहुमतमा नरहेकाले मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै राजीनामा घोषणा गर्न पनि सक्ने थिएँ। तर जनताको अपेक्षा धेरै भएको र सरकारको निरन्तरता चाहेकाले तत्कालै राजीनामा नगरेको हुँ।’

मुख्यमन्त्री भए लगत्तैदेखि सरकारले जनसरोकारका धेरै काम गरेको उनले दाबी गरे। आचार्यले भने, ‘जहिल्यै जनताको मायाले नहुने रहेछ, संसदको अंकगणित पनि मेल खानुपर्ने रहेछ।’ आउने सरकारलाई एमालेले सहयोग गर्ने मुख्यमन्त्री आचार्यले बताए। 

मुख्यमन्त्रीको राजीनामा घोषणासँगै संसद् बैठक कात्तिक २३ गतेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएलगत्तै नयाँ सरकार गठनका लागि आह्वान हुने छ। मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई विपक्षी गठबन्धनले केन्द्रको सहमति अनुसार समर्थन गरिसकेको छ। प्रदेश प्रमुखले आह्वान गरेको एक घण्टाभित्रमा ५० जना सांसदको समर्थन सहित आफू प्रदेश प्रमुख समक्ष पुग्ने नेता राईले बताए। 

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद छन्। विपक्षी गठबन्धनका ५० र राप्रपाका १ जना छन्।


प्रकाशित: Nov 01, 2021| 15:11 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...