शुक्रबार, भदौ ५, २०८३

कर्णालीका मुख्यमन्त्रीलाई आजै पद छोड्न दबाब

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पद छोड्न दवाव बढेको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पद छोड्न दबाब बढेको छ। नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई पूर्वसहमति अनुसार पद छोड्न दबाब दिएको हो। गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिन दबाब बढेको हो।

केन्द्रले सहमति दिए सोमबार ५ बजे पदबाट राजीनामा दिनसक्ने सम्भावना बढेको छ। तर केन्द्रीय गठबन्धनले राजीनामा दिन निर्देशन आइनसकेका कारण आज राजीनामा दिने वा नदिने भन्ने यकीन भएको छैन। ‘का‌ग्रेसका साथीहरुले ५ बजे नै राजीनामा दिनुपर्छ भन्नु भएको छ,’ मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले भने, ‘अहिले छलफल भइरहेको छ तर राजीनामा दिने यकीन भइसकेको छैन।’ केन्द्रको निर्देशन आए मात्रै मुख्यमन्त्रीको राजीनामा हुने शर्माले बताए।

यता नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि सोमबार नै मुख्यमन्त्रीलाई नेतृत्व हस्तान्तरण गर्नेगरी छलफल भइरहेको बताए। ‘आज नै मुख्यमन्त्रीले नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा हाम्रो पहल छ,’ शाहीले भने, ‘४ बजेसम्म कुरौँ, त्यसपछि मात्रै यकीन होला।’ आजै नेतृत्व हस्तान्तरण नभए एक दुई दिनमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने शाहीले बताए।

प्रकाशित: Nov 01, 2021| 15:01 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...