शनिबार, चैत ७, २०८२

अस्थायी र करार शिक्षकको समस्या समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिबद्धता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका शिक्षकका समस्या एकपछि अर्को गर्दै हल गर्ने बताएका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका शिक्षकका समस्या एकपछि अर्को गर्दै हल गर्ने बताएका छन्।

National life

आफ्नो निर्वाचन क्षेत्र बागलुङ पुगेका मन्त्री पौडेलले निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा रहेका विद्यालयको अवलोकन गर्दै मन्त्री पौडेलले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाउने बताएका हुन्।

मन्त्री पाडैलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरू भइसकेको बताए।

उनले भने ‘शिक्षा क्षेत्रमा चुनौतीको चाङ छ। ४०औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्। तिनलाई क्रमशः हल गर्दै लानुपर्छ।अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ। अब चाडपर्व सकिए लगत्तै काम सुरू हुन्छ।'

कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको बताउँदै मन्त्री पौडेलले भने ,‘एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या छ। यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ। ’

Laxmi sunrise bank
kumari

विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उनले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राखेका छन्।

मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताए। उनले अन्तरमन्त्रालय समन्वय गरेर जिल्लाको विकास, निर्माणमा पनि यथाशक्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

फरक प्रसंगमा बोल्दै उनले देश माओवादीको एजेण्डामा चलेको बताउँदै आफूहरुले स्थापित गरेका विचारलाई तल्लो तहसम्म पुर्याउन कार्यकर्तालाई आग्रह समेत गरेका छन्। अब नेकपा एमालेले देशको नेतृत्व गर्न नसक्ने भन्दै देशको प्रभावशाली पार्टीको रुपमा माओवादी स्थापित हुने बताए।

२०६४ सालको जस्तो माओवादी बनाउने संकल्प गरेकाले पार्टीले भरर्खरै ३२ वटा विभाग गठन गरी काम थालनी गरेको बताए।माओवादीमा नेतृत्वकोमा समस्या नरहेको भन्दै देश र जनतालाई गद्धारी हुने काम पार्टीले नगरेको उनको भनाई छ।निर्वाचन क्षेत्रका जनताको अपेक्षा मन्त्री भएपछि बढेको बताउँदै विद्यालयको पूर्वाधार निर्माण, शिक्षक दरबन्दी, पुल, मोटरबाटो लगायका योजना आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारेका छन्।


प्रकाशित: Nov 01, 2021| 13:14 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्