शुक्रबार, भदौ ५, २०८३

प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाका ६ वटा पेसी तोकेका छन्। सर्वोच्च अदालतका १९ न्यायाधीश इजलास बहिष्कार गरेर आन्दोलनमा रहेकै बेला जबराले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेसी तोकेका हुन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाका ६ वटा पेसी तोकेका छन्। सर्वोच्च अदालतका १९ न्यायाधीश इजलास बहिष्कार गरेर आन्दोलनमा रहेकै बेला जबराले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेसी तोकेका हुन्।

प्रधानन्यायाधीश जबराले आइतबार आफूसहित विभिन्न न्यायाधीशका १२ वटा पेसी तोकेका थिए। दिनभरि कुनै न्यायाधीश इजलासमा नआएपछि अन्तिममा प्रधानन्यायाधीशले नै मुद्दाको सुनुवाइ गरेर आदेश जारी गरेका थिए।

बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दासमेत नहेरी न्यायाधीश आन्दोलनमै रहेपछि चौतर्फी आलोचना भएपछि जबराले सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरूको इजलासमा सोसम्बन्धी मुद्दाको पेसी तोकेका हुन्। जसअनुसार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको इजलासमा पुण्यराज गौतमको हकमा मेजुना शाहले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासमा रामचन्द्र देवकोटाको हकमा अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट, अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा प्रताप बस्नेतको हकमा अधिवक्ता दिवाकर पुरीले हालेको रिट, बमकुमार श्रेष्ठको इजलासमा सिन्धुपाल्चोकका सोमे तामाङको मुद्दा, सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासमा सप्तरीका विनोदकुमार चौधरी र न्यायाधीश कुमार रेग्मीको इजलासमा अधिवक्ता नवलकिशोर साहले हालेको मुद्दाको पेसी तोकिएको छ।

इजलास बहिष्कार गरी आन्दोलनमा रहेका न्यायाधीशकै बेन्चमा बन्दीप्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएपछि न्यायाधीशहरू नैतिक संकटमा परेका छन्। 

प्रकाशित: Nov 01, 2021| 12:34 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...