आइतबार, जेठ १७, २०८३

विश्वासको मत नमागी राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले जारी प्रदेशसभा बैठकबाट राजीनामा दिने भएका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले जारी प्रदेशसभा बैठकबाट राजीनामा दिने भएका छन्।

National life

प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ। 

एमालेका सांसद हिक्मत कार्कीले मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारीमा नै रहेको तर विश्वासको मत नपाउने अवस्थामा प्रदेशसभा बैठकमा राजीनामा दिने बताए। ९२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ४६ सांसद आवश्यक पर्ने थियो। तर मुख्यमन्त्रीको दल एमालेसँग सभामुखसहित ४१ सांसदमात्रै छन्। पाँच दलिय विपक्षी गठबन्धनसँग ५० सांसद छन्।  

कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जान प्रदेश सांसद छन्। कसैको पक्षमा नखुलेको राप्रपासँग १ मत छ।

यसैबिच, मुख्यमन्त्री आचार्य पदमुक्त हुने भएपनि नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्नेमा अझै अन्योल छ। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसले दाबी गरेका छन्। 

Shivam cement

केन्द्रमा भएको सहमति अनुसार नेतृत्व एकीकृत समाजवादी पार्टी पाउने भनिए पनि आफ्नो बर्चस्व रहेको प्रदेश १ मा अरुलाई नेतृत्व सुम्पिन नसकिने कांग्रेसले अडान लिएको छ।

प्रकाशित: Nov 01, 2021| 12:22 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।