शुक्रबार, भदौ ५, २०८३

सभापतिमा सुजाता कोइरालाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

विराटनगर- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् ।

कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सबैको इच्छा भएको उत्तर दिइन् । ‘उहाँहरू मात्रै होइन अरूले पनि इच्छा देखाउनुभएको छ। म महिला भएकाले सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु’, उनले भनिन्, ‘कोइराला परिवारमा पनि थप छलफल गर्छौ।’

केही समयअघि विराटनगरमा आएका डा. शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताएका थिए। महामन्त्रीसमेत रहेका शशांक कोइरालाले पनि सभापति उठ्ने बताइरहेका छन्। 

न्यायालयमा देखिएको समस्यामा भने सरकारले चासो देखाउनुपर्ने उनको तर्क छ। कांग्रेसले पनि अर्ली इलेक्सन चाहेकाले देश चाँडै निर्वाचनमा जाने उनको भनाइ थियो । कोइरालाले अहिलेको गठबन्धन चुनावसम्म नहुने घोषणा गरिन्।

प्रकाशित: Nov 01, 2021| 12:14 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...