शुक्रबार, भदौ ५, २०८३

१०औं महाधिवेशनस्थलको निरीक्षण गर्दै ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १०औं महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्। महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १०औं महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्। महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ।

अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन। 

ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने  एमालेको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन्। महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उनले बताए।

ओली आज काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आउँछन्। चितवन आएलगत्तै उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ। सो पश्चात् नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर उनट्ठ महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको रावलले जानकारी दिए। 

दुई दिनको चितवनको बसाईका क्रममा ओली माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई बाटोका विभिन्न स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताले स्वागतका कार्यक्रम राखेका छन्। यहाँको बसाईका क्रममा विभिन्न नेता कार्यकर्ता भेटघाट कार्यक्रम रहेका छन्। बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम चरणमा आएर चितवन सारिएको हो।

- रासस

प्रकाशित: Nov 01, 2021| 11:49 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...