बुधबार, चैत ११, २०८२

ब्राजिल र मेक्सिकोबीचको खेल शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी विश्वकप फुटबलमा अहिले नकआउट चरणको पाँचौ खेल शुरु भएको छ । अहिले पाँच पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीच प्रतिस्पर्धा शुरु भएको छ । 

समूह चरणको पहिलो खेलमै विश्वविजेता जर्मनीलाई पराजित गर्दै अघि बढेको मेक्सिको ब्राजिललाई स्तब्ध पार्दै अघिल्ले चरणमा पुग्ने योजनामा मैदानमा उत्रेको छ । दोस्रो खेलमा दक्षिण कोरियालाई २-१ ले पराजित गरेको मेक्सिबको ब्राजिलविरुद्धको खेलमा पनि यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ ।

तर, समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग ३-० ले बेहोरेको हारले मेक्सिको सचेत छ । समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग पराजित भएपछि मेक्सिको समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । 

यता, ब्राजिल समूह इ को विजेता बन्दै अघि बढेको टोली हो । समूह चरणमा दुई खेलमा जित र एक खेल बराबरी खेल्दै ब्राजिलले नकाउट चरणमा स्थान बनाएको हो । समूहको पहिलो खेलमा स्वीजरल्याण्डसँग १-१ को बराबरी खेल्दा, दोस्रो खेलमा कोस्टारीका लाई २-० ले फराजित गरेको थियो । समूहको अन्तिम खेल ब्राजिलले सर्बीयालाई २-० ले नै परमजित गरेको थियो ।

ब्राजिल र मेक्सिको अहिलेसम्म २३ पटक आमने समाने भएका छन् । जसमध्ये ब्राजिलले १२ खेलमा जित हात पारेको छ भने, सात खेलमा मेक्सिको विजयी हुन सफल भएको छ । चार खेल बराबरीमा सकिएको इतिहास छ । 

पछिल्लोपटक यी दुई टिमबीच भएको सन् २०१५ को मैत्रीपूर्ण खेलमा ब्राजिल २-० ले विजयी भएको थियो । त्यसअघि २०१४ को विश्वकपको समूह चरणमा यी दुई टिमले गोलरहित बराबरी खेलेका थिए । २०१२ मा २-० ले हराएयता मेक्सिकोले ब्राजिललाई पराजित गर्न सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।