सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ मा पदमुक्त हुँदै मुख्यमन्त्री आचार्य, विपक्षी गठबन्धनसँग बहुमत

प्रदेश १ मा पदमुक्त हुँदै मुख्यमन्त्री आचार्य, विपक्षी गठबन्धनसँग बहुमत

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन्। त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन्। त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ।

आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ। मुख्यमन्त्रीमा आचार्यले नै  निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर टुंगो लाग्नेछ। 

मुख्यमन्त्री आचार्य पार्टीभित्र छलफलमा जुटेका छन्। प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने सन्देश दिइसकेका छन्। 

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ। विपक्षी गठबन्धन एक ठाउँमा उभिए एमालेले प्रदेश १ मा मुख्यमन्त्री गुमाउने छ।

प्रदेश १ मा ९२ सांसद सासद छन्।  एमालेसँग सभामुखसहित ४१ सांसद छन्। कांग्रेसका २१,  माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। एक सिट रहेको राप्रपा मौन छ।

प्रकाशित: Nov 01, 2021| 08:56 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।