बुधबार, चैत ११, २०८२

विश्वकपका १२ मैदानमा अमेरिका र चीनका दर्शकको बाहुल्यता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- १४ जुनदेखि जारी विश्वकप १५ जुलार्इमा सकिनेछ । रुसका ११ वटा शहरका १२ वटा रंगशाला भरिभराउ छन्, यतिबेला । 'प्याराफिट'मा देखिने दर्शकहरू भने विश्वकपमा सहभागी नरहेका मुलुकका बढी छन् । 

सेप्टेम्बर २०१७ देखि विश्वकपका लागि टिकट बिक्री खुला गरिएको थियो । विश्वभरका फुटबल प्रेमीहरूले टिकट खरिद गरे । त्यसमा सबैभन्दा बढी आयोजक राष्ट्र रुसकै दर्शक छन् । रुसका आठ लाख ७० हजार जनाले टिकट खरिद गरेका छन् । 

त्यसपछिको आँकडा भने अमेरिकी दर्शकको बढी छ । रुसबाहिरबाट सबैभन्दा ठूलो संख्या प्याराफिटहरूमा अमेरिकी नागरिककै देखिन्छ । ९० हजार अमेरिकी नागरिक अहिले रुसमा विश्वकप हेर्नकै लागि पुगेका छन् । 

अमेरिका सन् १९९० देखि २०१४ सम्म विश्वकपका १० वटा संस्करणमा सहभागी भएको थियो । सन् २००२ को विश्वकपमा त क्वार्टरफाइनल अर्थात् अन्तिम आठ टिमसम्मको यात्रा तय गरेको थियो । त्यो नै अमेरिकाको हालसम्मको सबैभन्दा माथिल्लो विश्वकप खुड्किलो हो । 

यस विश्वकपमा भने अमेरिका छनोट चरणबाटै बाहिरियो । तर, अमेरिकी 'सकर' (स्थानीय भाषामा फुटबल) प्रेमीहरूले विश्वकपका खेलहरू प्रत्यक्ष हेर्ने आकांक्षा पूरा गरेरै छाडे । 

अमेरिकाले सन् १९९४ को विश्वकप आयोजना गरेको थियो । त्यतिबेला दर्शकदीर्घा खाली भएकामा अमेरिकाको आलोचना भएको थियो । सन् २०२६ को विश्वकप आयोजक मुलुक पनि हो, अमेरिका । 

फुटबलको उद्गम स्थल र विश्वकपमा सहभागितामा बाहुल्यता रहेका युरोपेली मुलुकहरूबाट भने त्यति धेरै समर्थक र दर्शक रुस पुगेका छैनन् । 

तर, विश्वकपमा सहभागी नै नरहेको चीनका दर्शक रुस र अमेरिकापछि तेस्रो नम्बरमा आउँछन् । चीनबाट विश्वकप हेर्न ४० हजार दर्शक रुस पुगेका छन् । चीनले सन् २००२ मा एक पटक मात्र विश्वकपमा सहभागिता जनाएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।