काठमाडौं-मेक्सिकोले यो वर्षको विश्वकपमा बलियो मानिएको ब्राजिलविरुद्ध मैदान उत्रदा रक्षात्मक खेल्दै काउन्टर एट्याकमा ध्यान दिनु पर्नेछ । किनकी मेक्सिकोको काउन्टर एट्याक उसको सबैभन्दा बलियो पक्ष हो ।
मेक्सिकोका लागी जेभियर हर्नान्डेज (चिचारितो), हिर्भिङ लुजानो र कार्लाेस भेलाले जुनसुकै बेला पनि खेललाई परिवर्तन गर्न सक्ने क्षमता राख्ने खेलाडी हुन । त्यस्तै गोलरक्षक गुल्लेर्मो ओचवाको उच्च प्रदर्शनले पनि ब्राजिललाई टाउको दुखाई बन्न सक्छ । ओचावाले जर्मनविरुद्धको खेलमा उच्च प्रदर्शन गरेका थिए ।
सेन्टर ब्याक हेक्टर मोरेनोको अभाव मेक्सिकोलाई हुनेछ भने लेफ्टक्याक मार्सेलोको अभाव ब्राजिललाई हुनेछ । मोरेनो समूह चरणमा जर्मनी र स्वीडेनविरुद्धको खेलमा दोहोरो पहेलो कार्ड खादै एक खेल प्रतिबन्धमा परेका हुन । उता, मार्सेलो सर्वियाविरुद्धको खेलमा चोट बोक्दै मैदान बाहिएिका थिए ।
हरेक पोजिसनमा उत्तिकै अब्बल खेलाडी रहेको ब्राजिलको मुख्य आकर्षणको रुपमा ब्राजिलियन युवा स्टार नेयमार रहेका छन् । तर, नेयमारले भने अपेक्षा अनुसारको खेल्न सकिरहेका छैनन् । मुख्य गरी नेयमारको प्रेरणामा रहेको ब्राजिलियन टिममा यसपटक फिलिपे कौटिन्होले गज्जवको प्रदर्शन गरिरहेका छन् ।
विश्वकपका दाबेदार मानिएका जर्मनी समूह चरणबाट बाहिरिदा, फुटबलका दुई हस्ती मेस्सीको अर्जेन्टिना, सुपरस्टार क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र सर्जियो रामोसको स्पेन शिर्ष १६ बाटै बाहिरिएको अवस्थामा विश्वका महँगा स्टार नेयमारको ब्राजिल पनि अन्तिम १६ बाटै बाहिरिने हो कि ? भन्ने प्रश्न उब्जिरहँदा नेयमारमाथि थप दवाव बढेको छ । यस्तो अवस्थामा ब्राजिलले सचेत भएर खेल्ने पक्का छ ।
विश्वकपको १५ औं सहभागितामा १९७० र १९८६ को विश्वकपमा क्वार्टरफाइनलमा पुग्नु नै मेक्सिकोको सबैभन्दा ठुलो सफलता हो । त्यसयता मेक्सिकोले अन्तिम १६ मा स्थान बनाएपनि त्यसभन्दा अघि बढ्न सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४