काठमाडौं- सरकारले अमेरिका, बेलायत र भारतका लागि सिफारिस गरेका राजदूतहरुको नियुक्ति प्रक्रिया अघि बढाउनका लागि संसदीय सुनुवाई समितिको बैठक बोलाइएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि श्रीधर खत्री, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र भारतका लागि शंकर शर्मालाई नियुक्ति सिफारिस गरेको थियो।
सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाई समितिमा सुनुवाई भएपछि राष्ट्रपतिले अनुमोदन गर्ने प्रक्रिया छ। संसदीय सुनुवाई समितिको बैठक कात्तिक १६ गते दिउँसो २ बजेका लागि बोलाइएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
उनका अनुसार सुनुवाइ समितिले राजदूतको नियुक्त प्रक्रिया अघि बढाउने क्रममा उनीहरुविरुद्ध उजुरी आह्वान गर्नेछ। विरोध र उजुरीका सूचना संकलन गरेपछि बस्ने बैठकमा प्रस्तावित राजदुतलाई बोलाएर सुनुवाइ हुन्छ। संसदीय समितिमा संघीय संसद्का प्रतिनिधिहरु हुन्छन्।