शुक्रबार, भदौ ५, २०८३

लगातार कांग्रेसका तीन नेता पशुपतिनाथ दर्शनमा

नेपाली कांग्रेसका शीर्ष तीन नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन्। पार्टीको महाधिवेशन नजिकिँदै गर्दा तीन शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष तीन नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन्। पार्टीको महाधिवेशन नजिकिँदै गर्दा तीन शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन्। 

कार्यवाहक सभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पशुपतिनाथ मन्दिर पुगेका हुन्। 

गत सोमबार निधि पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिए।  पशुपतिनाथ मन्दिरमा जारी रामनाम संकीर्तन तथा रुद्र महायज्ञ पूजा गरेका निधिले जनकपुरबाट आएका श्री श्री १०८ श्री स्वामी जगत नन्दन दासजी महाराज (पगला बाबा)समक्ष पूजा गरेका हुन्।

कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता खाँणले शनिबार पशुपतिनाथको दर्शन गरे। सर्वसाधारणसँगै लाइनमा बसेर गृहमन्त्री खाँणले पशुपतिनाथको दर्शन गरेका हुन्।

सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए। पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे।

यसको भोलिपल्ट आइतबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पशुपतिनाथ दर्शन गर्न पुगेका हुन्। उनी श्रीमतीसहित पशुपतिनाथ गएका थिए।

आउँदो मंसिरमा १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधि र पौडेल पनि सम्भावित सभापतिका उम्मेदवारमा हुन्। कांग्रेसका शीर्ष नेताले लगातार पशुपतिनाथको दर्शन गर्नुलाई अर्थपूर्ण मानिएको छ। 

- न्युज कारखाना

प्रकाशित: Oct 31, 2021| 12:06 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...