मंगलबार, वैशाख ४, २०८१

मिस युनिभर्सको ताज सुजितालाई

‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन्। पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन्। पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्।

triton college

विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएकी छन्। उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी छन्।

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो। उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गर्ने छिन्।

कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो। प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए।

गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन्। कार्यक्रममा डा. केशु खड्का फोर्थ रनरअप,  प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित भएका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Oct 31, 2021| 09:16 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्