शनिबार, चैत ७, २०८२

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलबीच अनुसन्धानमा सहकार्य गर्ने सम्झौता

काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलबीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- काठमाडौँ विश्वविद्यालय र  महेश–संस्कृत–गुरुकुलबीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ। 

National life

विश्वविद्यालयको स्कुल अफ आर्ट्स अन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र (आरआरसी)बीच शुक्रबार सहकार्य सम्झौता भएको हो। 

पौरस्त्य भाषा, दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यताजस्ता विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्ने एवं प्राचीन अभिलेख, पाण्डुलिपि तथा योग आयुर्वेद, परम्परागत चिकित्सा विधिजस्ता व्यवहारोपयोगी विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्न दुवै पक्षबीच सहमति भएको हो। 

सम्झौतासँगै प्राविधिक क्षेत्रमा फड्को मारिरहेको विश्वविद्यालय र आध्यात्मिक दर्शनको क्षेत्रमा अग्रणी भूमिकामा रहेको महेश संस्कृत गुरुकुलले आपसमा सहयोगको आदान प्रदान गर्ने सहमति गरेका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा र महेश–सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा हिमालय सेन्टर फर एसियन स्टडिजका तर्फबाट सुश्री एक्कुमाया पुन एवं रामानन्द–अनुसन्धान–केन्द्रका तर्फबाट सहप्राध्यापक डा गुरुप्रसाद सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, विश्वविद्यालयका कुलसचिव प्रा डा सुबोध शर्मा, संस्थापक कुलसचिव प्रा डा सीताराम अधिकारी, पूर्व कुलसचिव भद्रमान तुलाधर, प्रा शिवगोपाल रिसाल, शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला एवं आध्यात्मिक अभियानकर्मी डा चिन्तामणि योगीको समेत उपस्थिति थियो। 

Laxmi sunrise bank
kumari

नेपालमा गुरुकुल शिक्षाका अभियानकर्मी एवं महेश सन्यास आश्रमका संस्थापक श्री १००८ डा स्वामी रामानन्द गिरीको संस्मरणका साथ सञ्चालन गरिएको कार्यक्रममा वक्ताले आध्यात्मिक क्षेत्रमा स्वामीले दिनुभएको विशिष्ट योगदानको चर्चा गर्नुभएको थियो। सो अवसरमा रामानन्द रिसर्च सेन्टर (आरआसी)द्वारा प्रकाशित प्रा डा विद्यानाथ कोइरालाको कृति ‘पुर्ख्यौली विज्ञान’को विमोचनसमेत गरिएको थियो।

प्रकाशित: Oct 30, 2021| 14:43 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्