मंगलबार, कात्तिक ११, २०८२

सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी

सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी छ। बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

धनगढी- सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी छ। बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए।

Kumaribank

उनका अनुसार कैलाली कञ्चनपुरका वडामा तयारी नपुगेका कारण वडा अधिवेशन हुन नसकेको हो भने बझाङमा बाढीपहिरोका कारण आवतजावतमा केही कठिनाइ हुँदा समस्या भएको हो। 

बझाङका केही पालिकामा वडा अधिवेशन भएको तर बाहिर नल्याइएको उनले बताए। उनका अनुसार बझाङमा १४ गते सबै वडामा वडा अधिवेशन सम्पन्न गरेर एकैपटक सार्वजनिक गरिनेछ।

हाल बझाङका १६० र कैलालीका चार तथा कञ्चनपुरका १० वडामा एमालेको वडा अधिवेशन हुन नसकेको उनले बताए।  सचिव रावलका अनुसार शुक्रबारसम्म नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाहेकका आठ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। प्रदेशमम ७३४ वडा रहेका छन्।

- मोहन जोशी/न्यूज कारखाना

Metro Mart

प्रकाशित: Oct 30, 2021| 13:40 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।