मंगलबार, कात्तिक ११, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रमेश लेखकको पहलमा बाढी पीडितका लागि एक करोडको राहत सामग्री वितरण

रमेश लेखकको पहलमा बाढी पीडितका लागि एक करोडको राहत सामग्री वितरण

कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तमा तीन सय परिवारका लागि एनआएनको टिमद्वारा राहत वितरण गरिएको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

कञ्चनपुर- कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तमा तीन सय परिवारका लागि एनआएनको टिमद्वारा राहत वितरण गरिएको छ।

Kumaribank

दोधारा–चाँदनीका ८, ९ र १० नम्बरका अति बाढी प्रभावित १ सय ५० परिवारका लागि र भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ का १ सय ५० परिवार गरी तीन सय परिवारलाई परिवारलाई पहिलो चरणमा राहतको व्यवस्था गरिएको हो।

एनआएनका मध्यपूर्व संयोजक मनोज श्रेष्ठ (गोर्खाली)को संयोजकत्वमा राहत वितरण गरिएको हो। वडा स्तरमै पुगेर अति बाढी प्रभावित परिवार पहिचान गरी राहत वितरण गरिएको हो।

प्रतिपरिवार २५ देखि ३० हजारको राहत प्याकेज वितरण गरिएको श्रेष्ठले बताए। कञ्चनपुरमा कांग्रेस नेता रमेश लेखकको पहलमा एनआरएनद्वारा एक करोडको राहत सामग्री संकलन तथा वितरण गरिएको हो।

पिडाको समयमा स्थानीय पीडितलाई राहत सामग्रीसहित सम्झिएकोमा कांग्रेस नेता लेखक र एनआएनलाई दोधारा–चाँदनीका मेयर वीरबहादुर सुनार तथा भीमदत्त ११ का वडाध्यक्ष लालबहादुर शाही, १२ का अध्यक्ष कृष्ण देउवाले धन्यवाद ज्ञापन गरेका छन्।

Metro Mart

दामल, तेल, दाल, आलु, नुन, प्याज, मसला, त्रिपाल, म्याट, ब्लङकेट, बाल्टिन, जग र दैनिक प्रयोग हुने लत्ताकपडा, टि-सर्ट, ट्राउजर, छातालगायत सामग्री प्रदान गरिएको श्रेष्ठले बताए।

प्रकाशित: Oct 30, 2021| 10:44 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।