शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशन प्रतिनिधिको संख्या बढाउने एमालेको निर्णय, कात्तिक २७ गते छनौट हुने

महाधिवेशन प्रतिनिधिको संख्या बढाउने एमालेको निर्णय, कात्तिक २७ गते छनौट हुने

नेकपा एमालेले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि संख्या १९९९ पुर्‍याउने निर्णय गरेको हो।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- नेकपा एमालेले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि संख्या १९९९ पुर्‍याउने निर्णय गरेको हो।

यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधि महाधिवेशनमा प्रतिनिधि बनाउने निर्णय गरेको थियो। 

केन्द्रीय कमिटीमा नेताहरुले संख्या बढाउन माग गरेपछि प्रतिनिधि संख्या बढाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै शुक्रबारको बैठकले आगामी कात्तिक २७ गते एकैदिन एमाले प्रतिनिधि छनोटका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको छ। मंसिरमा हुने महाधिवेशनमा एमालेले विधुतीय मतदान मेसिन प्रयोग गर्ने जनाएको छ।

प्रकाशित: Oct 29, 2021| 17:55 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...