शुक्रबार, भदौ ५, २०८३

प्रधानन्यायाधीशका विषयमा अदालतभित्रै वकिलहरूबीच कुटाकुट

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामाको विषयलाई लिएर सर्वोच्च अदालत भित्रै वकिलहरूबीच कुटाकुट भएको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामाको विषयलाई लिएर सर्वोच्च अदालत भित्रै वकिलहरूबीच कुटाकुट भएको छ। दुई जना वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच अदालत परिसरमै कुटाकुट भएको हो।

प्रधानन्यायाधीशको राजीनामाको विषयलाई लिएर भएको विवाद बढ्दै गएपछि सर्वोच्च अदालत परिसर भित्रै कुटाकुट भएको एक अधिवक्तले जानकारी दिए । 'विवाद चर्किँदै गएपछि सुरुमा काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका हुन्। त्यसपछि हात हालाहाल सुरु भयो,' ती अधिवक्ताले भने। 

कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका थिए भने अर्का अधिवक्ता चुँडालले प्रधानन्यायाधीशको विरोध गरेर इजलास नै रोक्न नहुने बताउँदै आएका थिए।

प्रकाशित: Oct 29, 2021| 13:21 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...