शुक्रबार, भदौ ५, २०८३

कांग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

नेपाली कांग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी विमलेन्द्र निधिले पाएका छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं– नेपाली कांग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी विमलेन्द्र निधिले पाएका छन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा सात दिनका लागि बेलायत भ्रमणमा निस्किएपछि निधि कार्यवाहक सभापति बनेका हुन्। 

राष्ट्रसंघ आवद्ध देशका नेताहरुको सम्मेलन ‘वर्ल्ड लिडर समिट’मा भाग लिन प्रधानमन्त्री २० सदस्यीय टोलीको नेतृत्त्व गर्दै शुक्रबार बिहान बेलायत प्रस्थान गरेका हुन्।

उनले नोभेम्बर १ र २ तारिखमा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी (कोप–२६)को २६ औं विश्व सम्मेलनमा भाग लिनेछन्। देउवा नफर्किउन्जेल निधिले नै कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन्। 

प्रकाशित: Oct 29, 2021| 12:45 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...