शनिबार, साउन १६, २०८३

आगामी शैक्षिक सत्रदेखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णय

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले विभिन्न पाठ्यक्रम स्वीकृत गरेको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले विभिन्न पाठ्यक्रम स्वीकृत गरेको छ। शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषद्को ८९औं बैठकले आगामी २०७९ सालको शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम देशभर कार्यान्वयनमा लैजाने विषयमा निर्णय गरेको हो। 

अहिले विभिन्न मुलका नयाँ पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ। पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले आगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि १२ सम्मका नयाँ पाठ्यक्रम पनि तयार भएर कार्यान्वयनको प्रक्रियामा रहेको बताए।

यसका साथै परिषद् बैठकले मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने पनि निर्णय गरेको छ।

प्रकाशित: Oct 29, 2021| 11:37 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्