सोमबार, फागुन १८, २०८२

दार्चुलामा भेटिए आठ जना स्क्रब टाइफसका बिरामी

दार्चुलामा आठ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

धनगढी- दार्चुलामा आठ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। 

साउन १३ गतेदेखि १८ गतेसम्म अस्पतालमा चेकजाँचका लागि पुगेका बिरामीहरूमध्ये आरडिटी जाँच गर्दा आठ जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।

दुई जना पुरुष र ६ जना महिला गरी आठ जनामा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकाका एक/एक जना र महाकाली नगरपालिकाका ६ जनामा स्क्रब टाइफस देखिएको हो। गत वर्ष जिल्लाका ३४ जनामा स्क्रब टाइफसका बिरामी देखिएको अस्पतालले जनाएको छ।

प्रकाशित: Aug 05, 2021| 10:39 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।