शुक्रबार, भदौ ५, २०८३

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन्।

देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्थान गरेका हुन्। स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधज गर्ने कार्यक्रम छ। 

कोप २६ को साइड लाइन वार्तामा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ।

प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कने भएका छन्। उनको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रकाशित: Oct 29, 2021| 11:01 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...