काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफू कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन्।
विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्री दिइएको हो। खाँण कार्यवाहक प्रधानमन्त्री भएको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छ।
प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन्। १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लागेका हुन्।
कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ। गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो।