शुक्रबार, भदौ ५, २०८३

अर्ली इलेक्सन होइन, तीन तहकै चुनाव एकै पटक : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

पोखरा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन्।

‘एमालेको त भविष्य खत्तम। एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ। त्यहाँ बस्ने मान्छेको बेहाल। जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरूको भविष्य सुध्रिन्छ,’ उनले भने, ‘एमालेमा बस्नेहरूको हरिविजोग हुनेवाला छ। त्यसको भविष्य नै छैन। टर्च बालेर खोज्नुपर्ने हुन्छ, कहाँ छ एमाले? केपी ओली सँगसँगै त्यो एमाले सति जान्छ।’

नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको बताए। ‘सर्वोच्च अदालतका न्यायाधीशले ५ पुसमा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नुभयो, त्यसको प्रसंशा दुनियाँले गरेको छ। त्यसपछि जेठ ७ गते उही प्रधानमन्त्रीले दुष्साहस गर्नुभयो। त्यसविरुद्ध पनि उहाँहरू उभिनुभयो,’ उनले अघि थपे, ‘विरोध गर्ने केपी ओली र तिनका हनुमान बाहेक अरुले गर्दैन। तिकडम गरेर सबैको राजीनामा माग्ने गलत काम हो। समाजका सबैको हुर्मत लिने, केपी ओलीको कामै त्यही हो।’

पोखरामा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सबैखाले निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका छन्। ‘अर्ली इलेक्सन किन गर्नुपर्‍यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकै पटक गर्न पर्छ कि भन्ने लागेको छ। खर्च पनि कम हुन्थ्यो। राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी अड्चन छ कि छैन कुन्नी। हामी सल्लाह गर्छौं, मिल्छ भने त्यहि बाटोमा किन नजाने ?’

उनले तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताए।

- न्युज कारखाना

प्रकाशित: Oct 29, 2021| 10:27 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...