शुक्रबार, भदौ ५, २०८३

एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ।

तुल्सीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजेपछि बस्ने बैठकले बिहीबारको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बिहीबारको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो। एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औं महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ। 

आजको बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा पनि गर्ने छ भने १०औं राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने ज्ञवालीले बताए।

प्रकाशित: Oct 29, 2021| 09:28 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...