शुक्रबार, भदौ ५, २०८३

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन तय गर्न बारको बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।

त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ। बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

नेपाल बारले  यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो। तर,  जबराले बिहीबार साँझ प्राइम टाइम टिभीमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ। त्यसअनुसार जान मलाई मञ्जुर छ। तर, सडकबाट आवाज उठ्दैमा राजीनामा दिँदैन।’

जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ।

- न्युज कारखाना

प्रकाशित: Oct 29, 2021| 08:20 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...