शुक्रबार, भदौ ५, २०८३

२० सदस्यीय टोलीसहित बेलायत जाँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन्। १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लागेका हुन्। 

कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ। गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो।

टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन्।

प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत-नेपाल व्यापार तथा लगानी फोरमले आायोजना गरेको स्वागत कार्यक्रममा भाग लिने कार्यक्रम छ।  

देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा भाग लिनेछन्। नोभेम्बर १ को साँझ प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्ररसरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कनेछन्।

प्रकाशित: Oct 29, 2021| 07:30 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...