काठमाडौं- नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले पार्टी एकताका गरिएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने धारणा दोहोर्याएका छन्।
कोरोना संक्रमण भएकाले बैठकमा सहभागी हुन नसकेका भुसालले बिहीबार भएको स्थायी कमिटी बैठकमा ३ बुँदे फरक मत लिखित रूपमा पठाउँदै यस्तो माग गरेका हुन्।
उता एकताका लागि बनाइएको कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामा पनि एमालेले स्वीकृत गरेको छ।
भुसालको फरक मत जस्ताको तस्तै