बुधबार, जेठ २०, २०८३

नेपाली गाउँ गुञ्‍जीमा शिव महोत्सव गर्दै भारत

गुञ्जी कालापानीदेखि सबैभन्दा नजिकको गाउँ हो। गुञ्जीबाट कालापानी नौ किलोमिटर उत्तरी क्षेत्रमा पर्छ भने लिम्पियाधुरा करिब ३० किलोमिटर पश्चिम उत्तर क्षेत्रमा पर्छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

दार्चुला- पछिल्लो समय नेपाल सरकारले नयाँ नक्सा जारी गर्दै गुञ्जी, कुटी, नाविगाउँलगायत लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेको छ। नेपालले नक्सा जारी गरे पनि आफ्नो प्रशासनिक अधिकार भने ती क्षेत्रमा कायम गर्न सकेको छैन। उक्त अतिक्रमित नेपाली भूमि गुञ्जीमा भारतको पिथौरागढ जिल्ला प्रशासनले १२ कात्तिकदेखि तीन दिनसम्म शिव महोत्सवको आयोजना गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्।

National life

गुञ्जी कालापानीदेखि सबैभन्दा नजिकको गाउँ हो। गुञ्जीबाट कालापानी नौ किलोमिटर उत्तरी क्षेत्रमा पर्छ भने लिम्पियाधुरा करिब ३० किलोमिटर पश्चिम उत्तर क्षेत्रमा पर्छ।

गुञ्जीमा लिपुलेक, कालापानी क्षेत्रबाट बगेर आउने लिपुखोला (जसलाई भारतले महाकाली भनेर दाबी गर्छ) र लिम्पियाधुराबाट बगेर आउने सक्कली महाकाली नदी (जसलाई भारतले कुटीखोला भनेर दाबी गर्छ)को दोभान रहेको छ। गुञ्जीमा भारतले प्रहरी, सशस्त्र सीमाबल तथा सैनिक तैनाथ गरको छ। गुञ्जीलाई भारतले कालापानी, लिपुलेक क्षेत्रको सुरक्षा केन्द्रका रूपमा विस्तार गरेको छ।

हिन्दु धर्मको आस्थाको केन्द्र चीनको मानसरोवर प्रवेशमार्गका रूपमा रहेको गुञ्जी क्षेत्रबाट ओम पर्वत, आदि कैलाश जस्ता प्रसिद्ध धार्मिक क्षेत्र नजिक रहेका छन्। तीन दिनसम्म आयोजना गरिएको शिव महोत्सवमा विभिन्न धार्मिक, सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरू गरिने तालिका छ।

नेपाल, भारतको धार्मिक र सामाजिक परिवेश एउटै भएको अवस्थामा उक्त क्षेत्रमा महोत्सव गर्नुको त्यति ठूलो अर्थ नभए पनि सरकारले अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नेपाली भएको महसुस गराउन विशेष कार्यक्रम ल्याउनुपर्ने जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीरसिंह कार्कीको भनाइ छ।

Shivam cement

‘२०१२ साल पहिले त्यहाँ नेपालकै प्रशासनिक अधिकार कायम थियो तर राज्यले त्यस क्षेत्रमा अहिले अझै पहुँच विस्तार गर्न सकेको छैन। भारतले अतिक्रमित गाउँका नागरिकहरूलाई विभिन्न सेवा, सुविधा दिइरहेको छ', कार्कीले भने, 'नेपालले उनीहरूलाई नेपाली नागरिक भएको महसुस गराउनसमेत सकिरहेको छैन।’ -वीरादत्त भट्ट/न्युज कारखाना


प्रकाशित: Oct 28, 2021| 20:45 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।