शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भीम रावलको राजीनामा स्वीकृत, कार्यदलका सदस्यले नसके स्थायी कमिटीले ‘टेकओभर’ गर्ने

भीम रावलको राजीनामा स्वीकृत, कार्यदलका सदस्यले नसके स्थायी कमिटीले ‘टेकओभर’ गर्ने

नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ।

१० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले उदासिनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए। अध्यक्ष ओलीलाई लिखित राजीनामा पनि दिएका थिए। उक्त राजीनामा आजको स्थायी कमिटीले स्वीकृत गरेको हो।

प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘भीम रावलले राजीनामा बुझाउनुभएको छ। अब कार्यदलका अरु सदस्यले काम अगाडि बढाउँछन्।’

ज्ञवालीले कार्यदलका अन्य सदस्यबाट समस्या समाधान हुन नसकेमा स्थायी कमिटीले टेकओभर गर्ने पनि बताए। ‘आवश्यक पर्‍यो भने स्थायी कमिटीले आवश्यक निर्णय गर्छ। कामलाई अगाडि बढाउँछ,’ उनले भने।

प्रकाशित: Oct 28, 2021| 20:11 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...