शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'सरकारी कार्यालयमा हाकिम मन नपरेजस्तो अदालतमा आन्दोलन गर्न मिल्दैन'

'सरकारी कार्यालयमा हाकिम मन नपरेजस्तो अदालतमा आन्दोलन गर्न मिल्दैन'

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले न्यायपालिकाको समस्या समाधान न्यायपालिका भित्रबाट नै हुनुपर्ने बताएका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले न्यायपालिकाको समस्या समाधान न्यायपालिका भित्रबाट नै हुनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको बैठकपछि बिहीबार सञ्‍चारकर्मीसँग बोल्दै सांसद विश्वकर्माले प्रधानन्यायाधीशको गल्ती नभए सर्वोच्चका न्यायाधीशहरुसँग बसेर छलफल गरी न्यायपालिकाको गरिमा बढाउनुपर्ने बताए। सांसद विश्वकर्माले सरकारी कार्यालयमा हाकिम मन नपरेर आन्दोलन गरेको जस्तो न्यायाधीशहरुले गर्नु नहुने तर्क गरे।

सांसद विश्वकर्माले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तमा चलेको राज्यमा राज्य प्रणालीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ३ छुट्टै स्वतन्त्र अंग हुन्, न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकाबीचमा भएको द्वन्द्लाई समेत निवारण गरेर तटस्थ, निष्पक्ष हुनुपर्छ, त्योभित्र रहेका व्यक्तिहरुको बारेमा आम जनतामा उनीहरुको आचरण, व्यवहार, कार्यशैली, भूमिकाबारेमा आम जनताका बीचमा प्रश्‍न उठ्यो, चर्चा प्रारम्भ भयो, त्यो भनेको सर्वोच्चका प्रधानन्यायाधीशले नै निकास दिनुपर्छ, उहाँ एक्लै नभए सबै न्यायाधीशहरुले बसेर छलफल गरी निकास दिनुपर्छ।’

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले हरेक राजनीतिक दलको नेतृत्वको असक्षमताका कारण देश अघि बढ्न नसकेको बताए। उनले एउटै व्यक्ति पार्टीको लगातार नेतृत्वमा बसिरहनाले देशले ३० वर्षमा पनि गति लिन नसकेको बताए।

सांसद सिंहले भने, ‘हरेक राजनीतिक दलको नेतृत्वको असक्षमता प्रदर्शित गरेको छ। विगत ३० वर्षदेखि यो देशअघि बढ्न सकेको छैन, एउटै व्यक्ति नेतृत्व र प्रधानमन्त्रीमा कब्जा गरेर बसेको छ, त्यसैले देश कतै पुग्दैन।’

त्यसैगरी, नेपाली कांग्रेसका अर्का नेता भीमसेनदास प्रधानले न्यायालयको समस्या न्यायलयबाटै निरुपण हुनुपर्ने बताउँदै भने, ‘न्यायालयको समस्या समाधान न्यायालयबाटै हुनुपर्छ, त्यसले नै सम्मानीत अदालत र न्यायाधीशहरुको इज्जत बच्छ।’

सांसद प्रधानले प्रधानन्यायाधीशले स्वविवेकले निकास दिनुपर्ने बताए। 

 

प्रकाशित: Oct 28, 2021| 19:30 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...