शुक्रबार, भदौ ५, २०८३

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन्?

मन्त्रिपरिषद् बैठकले १० कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि तीन बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको हो।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि तीन बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

त्यसको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाइ स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

उनले भने, ‘हालैको बेमौसमी वर्षाबाट धान बालीमा भएको क्षतिको सम्बन्धमा कृषकलाई राहत उपलब्ध गराउने, पूर्णरुपमा क्षति भएकाको हकमा साना किसान (बढीमा १० कठ्ठासम्म वा सो बराबर जग्गा भएको) लाई क्षतिको अधिकतम ६५ प्रतिशत, मध्यम किसान (१० कठ्ठादेखि तीन बिघासम्म वा सो बराबर जग्गा भएको)लाई क्षतिको अधिकतम ३० प्रतिशत र ठूला किसान(३ बिघा भन्दा बढी) र आंशिक क्षति भएकालाई अधिकतम २० प्रतिशतका दरले राहत स्वरुप नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ।’

बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्रीलाई नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता कार्कीले बताए। त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने, नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने, सुनकोशी मरीन डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिने लगायतको निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।


प्रकाशित: Oct 28, 2021| 19:16 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...