बुधबार, वैशाख १०, २०८२

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र

जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

vianetvianet

मार्तडी- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन्। 

triton college

बाजुरा, मुगु  र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन्। कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउँदा सयौं यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले बताए। 

बाजुरासहित छिमेकी जिल्लाका वासिन्दा एक सातादेखि जहाजको पर्खाइमा रहेको र जहाजको टिकटसमेत नपाएको यात्रुले गुनासो गर्न थालेको उनले जानकारी दिए। कोल्टीबाट अहिले समिट र तारा एयरलाइन्सले जहाज उडान गर्दै आएका भए पनि यात्रुको चाप बढी भएकाले उनीहरूले टिकट पाउन सकेका छैनन्। 

कर्णाली राजमार्ग र मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि  कोल्टीमा ६०० भन्दा बढी यात्रु एक सातादेखि टिकटको पर्खाइमा रहेको हुम्लाका खुमबहादुर रावतले बताए। समिट र तारा एयरलाइन्सले दैनिक एउटा/एउटा उडान गर्ने भए पनि यात्रुको चाप निकै बढेको छ। यात्रुको भीड व्यवस्थापन गर्न विमानस्थललाई निकै समस्या परेको छ। एक सातायता हवाई सेवा नियमितसमेत हुन नसकेको कोल्टी विमानस्थलले जनाएको छ। 

यात्रुले टिकट नपाउँदा बिरामी, असहाय अशक्तसमेत अलपत्र परेका छन्। कोल्टीमा यात्रुको चाप बढी भएको र उनीहरूलाई व्यवस्थापन गर्न सकस भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए। 

National life insurance

टिकटमा मनोमानी 

कोल्टी विमानस्थलमा उडान हुने जहाजले मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढ्न थालेको छ। कोल्टीबाट नेपालगञ्ज र धनगढीको भाडादर कायम गरिएको भए पनि सोभन्दा चर्को भाडा लिने गरेको यात्रुले गुनासो गरेको छन्। 

कोल्टीबाट नेपालगञ्ज रु पाँच हजार ५०० भाडादर कायम भए पनि निजी एयरलाइन्सले मनोमानी भाडा लिइरहेको सेवाग्राहीले बताएका छन्। एक यात्रुबाट रु आठ हजारभन्दा बढी लिने गरेको पाइएको छ। दसैं मनाउन घर आएका फर्किन थालेका छन्। वर्षाले सडक अवरुद्ध भएपछि यात्रुले हवाई सेवाबाट यात्रा गर्नुपर्ने भएकाले कोल्टीमा यात्रुले टिकट पाउन समस्या भएको हिमाली गाउँपालिकाकी सम्झना अधिकारीले बताए। 

कोल्टी विमानस्थलका कार्यालय प्रमुख श्रीकृष्ण रिमालका अनुसार समिट र तारा एअरले दैनिक एउटा/एउटा उडान गरिरहेको जानकारी दिए। सीता एयरलाइन्सले यही कात्तिक १ गतेबाट एउटा पनि उडान नगरेको र नेपाल एयरलाइन्सले १ गतेदेखि अहिलेसम्म तीन उडान मात्र गरेको रिमालले बताए। विगतभन्दा एयरलाइन्सले उडान घटाउनुले ठूलो समस्या भएको विमानस्थलले जनाएको छ। 

दसैंयता यात्रुको चाप बढे पनि नियमित जहाज उड्न नसकेको बडीमालिका कार्गोका सञ्चालक टेकेन्द्र कठायतले जानकारी दिए। कोल्टी विमानस्थलबाट उडान हुने जहाजले यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

- रासस 

प्रकाशित: Oct 28, 2021| 09:43 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।