बुधबार, चैत ११, २०८२

के क्रोएसियाले डेनमार्कसँग समूह चरणको नतिजा निकाल्ला?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनल खेलमा आइतबार राति क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणमा अपत्यारिलो नतिजा निकालेको क्रोएसिया डेनमार्कविरुद्धको खेलमा पनि त्यस्तै नतिजा निकाल्ने दाउमा रहनेछ।

रुसको निझनी नोभ्गोरोड स्टेडियममा खेल नेपाली समय अनुसर ११:४५ बजे सुरु हुनेछ । दुवै टिम शतप्रतिशत जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेका छन्।

क्रोएसिया पछिल्लो समयमा लयमा रहेको टिम हो। विश्वकपको समूह चरणमा सबै खेलमा शतप्रतिशत जित हात पार्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको थियो। समूह चरणको पहिलो खेलमा क्रोएसियाले नाइजेरियालाई २-० गोलले पराजित गरेको थियो।

त्यस्तै, आफ्नो दोस्रो खेलमा बलियो मानिएको अर्जेटिनामाथि ३-० गोलको अपत्यारिलो नतिजा निकाल्दै एक खेल खेल्नुअघि नै नकआउट चरणमा प्रवेश गरेको क्रोएसियाले समूह चरणको अन्तिम खेलमा आइसल्यान्डलाई २-१ गोलअन्तरले पराजित गर्दै समूह डी को विजेता भएको थियो।

यता, डेनमार्क भने समूह सि को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको टिम हो। डेनमार्कले समूह चरणका खेलमा १ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा पेरुलाई १–० गोलअन्तरले पराजित गरेको डेनमार्कले दोस्रो खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेलेको थियो। अन्तिम खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै डेनमार्क विश्वकपको नकआउट चरणमा पुगेको हो।

डेनमार्क र क्रोएसियाबीच अहिलेसम्म ५ वटा खेलमा प्रतिस्पर्धा भएको छ। जुन खेलमा डेनमार्कले २ खेलमा जित्दा समान २ खेलमा नै क्रोएसियाले जितेको छ भने १ खेलमा दुबै टिमले बराबरी खेलेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।