मंगलबार, असार ३०, २०८३

स्पेनलार्इ पराजित गर्दै रुस क्‍वार्टरफाइनलमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रुसमा जारी विश्वकप फुटबल अन्तर्गत रुसले क्वाटरफाईनलमा स्थान बनाएको छ। प्रिक्वाटरफाइनलमा रुसले एक पटकको विश्व विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएको हो। 

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेटको समय थप गरिएको थियो। तर, थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन सकेन। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
 
पेनाल्टीमा स्पेनका लुकास भ्याजक्युजले गोल गर्न नसक्दा अर्का स्पेनीस खेलाडी कोकेको प्रहारलाई रुसका गोल किपर इगोरले उत्कृष्ट बचाउ गरेका थिए।

सुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगाउन नसक्दा पहिलो हाफ बराबरीमा सकिएको थियो। खेलको १२ औं मिनेटमा रुसका इग्नासेभिचले आत्मघाती गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए। तर, ४१ औं मिनेटमा स्पेनका जेरार्ड क्युकले ह्याण्ड गरेपछि रुसले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै रुसका अर्टेन ज्युवाले बराबरी गोल फर्काएका थिए।

आयोजक रुस समूह ‘ए’ को उपविजेता बन्दै समुह चरणमा पुगेको थियो। समूह चरणमा रुसले आफ्नो पहिलो खेल एसियाली महारथी साउदी अरबियालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दा दोस्रो खेलमा मोहमद सलाहा सम्मिलीत इजिप्टलाई ३-१ ले पराजित गरेको थियो। तर,समूहको अन्तिम खेलमा १० खेलाडीमा समेटिएपछि उरुग्वेसँगको खेलमा ३-० ले पराजित हुन पुगेको थियो।

स्पेन समूह ‘बी’को विजेता बन्दै समुह चरणमा पुगेको थियो। समूहको पहिलो खेल पोर्चुगलसँग ३-३ को बराबरी खेल्दै विश्वकप यात्रा शुरु गरेको स्पेनले दोस्रो खेलमा इरानसँग १-० को झिनो अन्तरले जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा मोरोक्कोसँग २-२ को बराबरी खेलेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।