मंगलबार, कात्तिक ११, २०८२

बैतडीमा १० जना सवार डुंगा दुर्घटना

शिवनाथ गाउँपालिका वडा नम्बर १ स्थित महाकाली नदीको खाँड घाटमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८
Kumaribank
Metro Mart

काठमाडौं- बैतडीमा १० जना सवार डुंगा दुर्घटना भएको छ। शिवनाथ गाउँपालिका वडा नम्बर १ स्थित महाकाली नदीको खाँड घाटमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। 

गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बुधबार साँझ करिब ६ बजेतिर भएको दुर्घटनामा बालिकाको मृत्यु भएको जानकारी दिएकी छन्। मृतकको नाम र उमेर खुल्न नसकेको उनले बताइन् । त्यस्तै एक जना बालक बेपत्ता रहेको र उनको पनि नाम र उमेर खुल्न नसकेको चन्दले बताइन्।

उनका अनुसार अन्य ८ जना सकुसल रहेका छन्। डुंगामा ५ जना चालकसहित १० जना सवार रहेका थिए। डुंगा भारतीय किनारातिर पुग्नै लाग्दा पल्टिएको बताइएको छ। 

प्रकाशित: Oct 27, 2021| 22:01 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।